सेनाको सुरक्षाबाट बाहिरिए प्रचण्ड, निवर्तमान प्रधानमन्त्री ओली सेनासँगै


 

प्रचण्ड सेनाको सुरक्षा बाहिर

जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको सुरक्षा निगरानीमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन् ।

नयाँ अन्तरिम सरकार गठनपछि सुरक्षा अवस्था सामान्य भएको अवस्थामा अध्यक्ष प्रचण्ड सेनाको सुरक्षाबाहिर गएका हुन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अझै सेनाकै सुरक्षामा बसिरहेका स्रोतले जनाएको छ ।

उनी (ओली) को बालकोटस्थित घरमा क्षति पुगेको र तत्काल घरमा सर्नसक्ने अवस्था नभएकाले ओली अझै सेनाकै सुरक्षामा बसेका छन् ।

आन्दोलन चर्केका बेला सेनाले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा खतरामा रहेका व्यक्तिका परिवारलाई आफ्नो सुरक्षा निगरानीमा राखेको थियो । अब अवस्था सामान्य हुँदै गएपछि ३०–३५ जना मात्रै सेनाको सुरक्षा घेरामा रहेका बताइएको छ ।

सामान्यतया नयाँ सरकार गठनपछि सेना सुरक्षाको जिम्मेवारीबाट अलग हुँदै गएको छ । अब नेपाल प्रहरीले सुरक्षा बन्दोबस्त मिलाउन थालेको छ ।

Comments

Popular posts from this blog

२०८२ - असोज महिनाको मासिक राशिफल

आज १८ असोज २०८२ शनिवार को राशिफल

आज - २०८२ - असोज २ गते बिहीबाको राशिफल